Logo

बाबुरामको टिप्पणी : ओली भाइरस पोखरामा पनि सल्केको देखियो है



काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्केको देखिएको बताएका छन् । विश्वासको मत लिन नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मुख्यमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेपछि बाबुरामको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्–’ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!’



प्रतिक्रिया दिनुहोस्