Logo

३३ सय ८४ संक्रमित थप, ६१ जनाको मृत्यु



काठमाडौं, २९ जेठ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ३ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा आज ६१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

आज ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २७ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ८ हजार ५ सय ६ पी.सी.आर परिक्षण र ५ हजार ९ सय ८८ एन्टीजेन परिक्षण गरिएको मध्ये ३३ सय ८४ संक्रमित थपिएको हो।-File Photo



प्रतिक्रिया दिनुहोस्