Logo

कांग्रेसले भन्यो –’होशियार, शितलनिवासझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्’



काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलेजस्तै षड्यन्त्र गर्न खोजेको टिप्पणी गरेको छ । गण्डकी प्रदेशमा जेठ २७ गते विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले दाबी गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकाल्दै यस्तो बताएका हुन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखको आह्वानबमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको सर्वविदितै छ । उहाँको पक्षमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरुको भौतिक रुपमा नै उपस्थिति छ । तर, मुख्यमन्त्री नियुक्तीको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएको स्थितिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’

कांग्रेस प्रवक्ता शर्माले जारी गरेको वक्तव्यको पूर्णपाठ

 



प्रतिक्रिया दिनुहोस्