Logo

ओलीलाई पाँच पूर्वप्रधानमन्त्रीको चेतावनीः नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप हुन नपाओस् (पूर्णपाठसहित)



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच पूर्व प्रधानमन्त्रीहरुले चेतावनी दिदै नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्नेमा सजगकता अपनाउन ध्यानाकर्षण गराएका छन् । उनीहरुले आज संयुक्त वक्तव्यमार्फत् ओली सरकारबाट देश र जनतालाई असर पाने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्इका अन्य निकायहरुलाई समेत आग्रह गर्दछौं ।’

पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्यौल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेलामा राष्ट्रहित र जनविरोधी निर्णय गरिरहेको आरोप समेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्