Logo

पूर्व पाँच प्रधानमन्त्रीहरुले भने-‘प्रधानमन्त्री ओलीले आफ्नो प्रतिगमनकारी चरित्र उदांग पार्नुभएको छ’ (विज्ञप्तीसहित)



काठमाडौं, २९ जेठ । विपक्षी गठबन्धनमा आवद्ध पाँच पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत क्रियाकलापका कारण देश अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बताएका छन् ।

आज (शनिबार) संयुक्त विज्ञप्ती निकाल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले अहिले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर निरन्तर संविधानमाथि प्रहार गर्ने कार्य भएको पनि उल्लेख गरेका छन् । त्यस्तै, अहिले गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको पनि उनीहरुको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्