Logo

केपी ओली राष्ट्रिय राजनीतिमा धुरी ठाउँमा हुनुहुन्छ : महासचिव ईश्वर पोखरेल (भिडिओसहित)



काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सबैको ध्यान केन्द्रित हुनुमा राष्ट्रिय राजनीतिमा आज केपी ओली धुरी ठाउँमा रहेको सुनाए । उनले भने-“उहाँ धुरी ठाउँमा बसेर त्यहीअनुसारको भूमिका खेल्दै हुनुहुन्छ । त्यसकारणले सकारात्मक कोणबाट होस वा नकारात्मक कोणबाट होस, उहाँ यो राष्ट्रिय राजनीतिको एउटा केन्द्रमा हुनुहुन्छ ।” आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्