Logo

भालुपहाडको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङ्जा, जेठ ३० । स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गएरातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको हो ।

राति २ बजे ठुलो चट्टानसहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको छ ।

अहिले जिल्ला प्रहरी, जिल्ला ट्राफिक, स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्