Logo

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, ३० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिक्रीमा ल्याएको छ ।

संस्थाले जेठ १६ गतेदेखि संस्थागत समुह अन्तर्गतको ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्रिमा ल्याएको थियो । प्रतिकित्ता शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न न्युनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ता सेयरको कुनै हद नलाग्ने संस्थाले जनाएको छ ।

कम्पनीको अनुसार सेयर खरिदका इच्छुक संस्थापकहरु, व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गते देखि जेठ ३० गते सम्ममा दररेटका साथ विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिनेछ । शेयर खरिद तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । बोलपत्र जेठ ३१ (भोली) एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा खोलिने कम्पनीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्