Logo

विश्वभर सक्रिय कोरोना संक्रमितको संख्या १ करोड २२ लाख



काठमाडौं, ३० जेठ । हाल विश्वभर कारोना भाइरसले आतंक मच्चाइरहेको छ । दैनिक लाखौ मानिसहरुले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । अहिलेसम्म विश्वभर १७ करोड ६४ लाख २२ हजार ३८७ कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये १६ करोड ३९ लाख ६ हजार ३ सय जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, हालसम्म विश्वभर ३८ लाख १० हजार ९५२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, संक्रिय संक्रमितको संख्या १ करोड २२ लाख १५ हजार १३५ रहेको छ । विश्वभर ८५ हजार ६६ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भैरहेको एजेन्सीले जनाएको छ ।

अमेरीकामा हालसम्म ३ करोड ४३ लाख १५ हजार ८७३ जना कोरोना संक्रमित भएको सिडिसीले जनाएको छ । संक्रमित मध्ये २ करोड ८३ लाख ८१ हजार ६२३ जना संक्रमणमुक्त भइसकेका छन् भने ५३ लाख १९ हजार २९५ जना संक्रिय संक्रमितको संख्या रहेको छ । सिडिसीको अनुसार ४ हजार ५४३ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैहरेको छ । अमेरिकामा हालसम्म ६ लाख १४ हजार ९५५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्