Logo

ब्राह्मण महासभा र निषाद संघको उदाहरणीय सहकार्य, १५१ घरपरिवारलाई राहत वितरण



जनकपुर, ३० फागुन । मैथिल ब्राह्मण महासभा राष्ट्रिय समितिको पहल र नेपाल निषाद संघ केन्द्रीय समितिको सहकार्यमा प्रदेश नम्बर २ अन्तर्गत जनकपुरधाम वडा नम्बर १२ कुपेश्वरनाथ मन्दिर परिसरमा राहत वितरण गरिएको छ । महासभाका अध्यक्ष सिडिई ई. भगवान झाले जनाएअनुसार १ सय ५१ विपन्न एवम् दलित परिवारलाई राहत वितरण गरिएको हो ।

राहत सामाग्रीमा मन्सुली चामल १० केजी, रहरको दाल २ केजी, खाने तेल एक लिटर, आलु १ केजी, नुहाउने साबुन १, कपडा धुने साबुन १, सोयाविन २५० ग्राम, मास्क दुई थान र नुन एक केजी समावेश गरिएको छ । राहत वितरण कार्यक्रम भने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, निषाद संघका केन्द्रीय पदाधिकारी बेचन मुखिया, समाजसेवी रामचन्द्र मुखिया, ब्राह्मण महासभाका युवा समिति र पदाधिकारीहरू सहितको उपस्थितीमा खाद्यान्न समाग्री वितरण गरिएको हो ।

झाले आगामी दिनमा पनि विपन्न तथा गरिब परिवारलाई यसैगरि राहत उपलब्ध गराउने विश्वास दिलाए । उनले मैथिल ब्राह्मण महासभा राष्ट्रिय समिति र नेपाल निषाद संघ केन्द्रीय समितिले सहकार्य गरेर यस्तो पु०य काम सम्पन गरेको भन्दै यसलाई उदाहरणीय कामको रुपमा समेत चित्रण गरे । उनले भने,‘हाम्रो यो सहकार्य र समाजसेवाले अरु संघ तथा संस्थाहरुलाई समेत काम गर्न उत्प्रेरणा जगाएको छ । हामी आउने दिनमा पनि निषाध संघसँग मिलेर सामाजिक र पु०य काम गर्नेछौं ।’



प्रतिक्रिया दिनुहोस्