Logo

नेपालमा संक्रमित मध्ये ६० प्रतिशत पुरुष, ३९ प्रतिशत महिला



काठमाडौं, ३० जेठ । नेपालमा शनिबार एकैदिन ३३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।
संक्रमित मध्ये पुरुषको संख्या ३ लाख ६९ हजार ७६७ रहेको छ । यो कुल संक्रमणको ६०.९४ प्रतिशत हो ।
त्यस्तै, कोरोना संक्रमित हुनेमा महिलाको संख्या पुरुषको तुलनाका कम छ । नेपालमा २ लाख ३७ हजार ११ जना महिलामा हालसम्म संक्रमण पुष्टि भएको छ । यो कुल संक्रमणको ३९.०६ प्रतिशत हो ।
शनिबार मात्रै ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म ५ लाख २७ हजार १११ पुगेको छ । यो निको भएको दर ८६.९ प्रतिशत हो ।
त्यस्तै, देशभर संक्रिय सक्रमितको सख्या ७१ हजार ३०१ रहेको छ । यो ११.७५ प्रतिशत हो । हिजो ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म नेपालमा ८ हजार ३३६ जनाको मृत्यु भइसकेको छ । यो मृत्यु हुने दर १.६ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस्