Logo

डा. राजन भट्टराईको टिप्पणी : पाँच पूर्व प्रधानमन्त्रीहरुले नक्कली कुरा झिकेर जनताको ध्यान तान्न खोजे (भिडिओसहित)



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पूर्व पाँच प्रधानमन्त्रीहरुले कुन आधारमा हिजो वक्तव्य दिएको हो त्यसको आधार नखुलाईएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटकर्वबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री भैसकेका मानिसहरुले आधारहिन हिसाबले मुलुकको राष्ट्रियता, अस्मितामाथिको विषयमा जुन खालको गैरजिम्मेवारपूर्ण र हल्का वक्तव्य दिनुभएको छ, त्यसमा म के भन्न चाहन्छु भने नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, आन्तरिक मामिलामा बाह्य हस्तक्षेप निषेध गर्ने कुरा प्रधानमन्त्रीमा केपी ओली रहेपछि जति नियन्त्रण भएको छ, र जुन हिसाबबाट यसलाई सन्तुलित हिसाबबाट बाहृय सम्बन्धलाई राम्रो राख्दै अघि जाने काम भएको छ । उहाँहरु प्रधानमन्त्री भएको भन्दा कुनैपनि हिसाबले धेरै गुणा माथि र राम्रो हिसाबले काम भएको छ । यो उहाँहरुले राजनीतिक विषयवस्तु बनाउनको लागि, आफ्नो निजी उद्देश्यको लागि हिँड्नुभएको छ, देश र जनतालाइृ केन्द्र भागमा राखेर अहिले जे भूमिका हुनुपर्दथ्यो, त्यो भन्दा नितान्त पृथक भूमिकामा उहाँहरु हिडिँरहेको कुरा, जनतालाई रुचि भएको छैन भन्ने कुरा बुझिसकेपछि उहाँहरुले यस्ता नक्कली कुरा झिकेर जनताको ध्यान आफूतिर आकर्षित गर्न सकिन्छ ? भनेर उहाँहरुको यो प्रयत्न हो । उहाँहरुको प्रयत्न सफल हुने छैन् ।’

उनले संसद्को शक्ति सन्तुलन हेरेर नै प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद् विघटन गरेको स्मरण गराए । उनले निर्वाचन हुने कुरा धेरै राम्रो भएकोले लोकतन्त्रमा यसलाई अन्यथा मान्न नहुने पनि टिप्पणी गरे । उनले अर्ली इलेक्सनमा जाने कुरालाई कसैले पनि अन्यथा मान्न नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्