Logo

यी चीजको अत्यधिक सेवनले प्रतिरक्षा प्रणाली कमजोर हुने



एजेन्सी, ३० जेठ । बदलिदो मौसममा शरीरलाई स्वस्थ राख्नको लागि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु पर्छ । विशेषगरी कोरोना भाइरसबाट बचाउनको लागि प्रतिरक्षा प्रणालीको महत्वपुर्ण भुमिका हुन्छ । डाक्टरले पनि प्रतिरक्षा प्रणाली बलियो बनाउन सल्लाह दिन्छन् । मानिसहरुले प्रतिरक्षा बनाउन फलफुल तथा सागपातको सेवन गर्छन् । तर विश्व स्वास्थ्य संगठनले सिमित मात्रामा चीनी र नुन खान पनि सल्लाह दिएका छन् । हामीले दैनिक जीवनमा प्रयोग गरिने चीजको अत्यधिक सेवनले प्रतिरक्षा बलियो नभई हानी पनि गर्न सक्छ । आज हामी त्यसको बारेमा चर्चा गर्नेछौ ।

चीनी: विशेषज्ञको अनुसार चीनीको कम मात्रामा सेवन गर्दा शरीर अनुकुल प्रभाव पार्छ । तर, चिनीयुक्त खानाले रगतमा चिनी बढाउछ । यसले इफ्लेमेटेरी प्रोटीनलाई बढाएर प्रतिरक्षा प्रणालीमा प्रभाव पार्दछ । रगतमा चिनीको मात्रा बढ्दा स्वास्थ्यमा पनि नराम्रो असर पर्छ ।

नुन: प्याकिङ्ग चिप्स, बेकरी आइटम्स र फ्रिजमा राखेको चीजमा नुन अत्यधिक मात्रामा हुन्छ । यसले धेरै रोगहरुको जोखिम पनि बढाउछ । नुनको अत्यधिक सेवनका कारण प्रतिरक्षा प्रणाली र राम्रा ब्याक्टेरियाहरुलाई पनि नराम्रो असर गर्छ । यसको लागि सिमित मात्रामा नुनको सेवन गर्नुपर्छ ।

भुटेको खाना: डाक्टरहरुले पनि भुटेको खाना सकेसम्म नखान सल्लाह दिन्छन् । यसले शरीरमा प्रतिकुल प्रभाव पार्छ । जंक फुडले प्रतिरक्षा प्रणाली कमजोर बनाउछ ।

कफिको सेवन: चिया र कफिमा एंटीअक्सीडेन्ट पाइन्छ । जुन स्वास्थ्यको लागि लाभदायक हुन्छ । तर यसको अत्यधिक मात्रामा सेवन गर्नाले स्वास्थ्यमा नराम्रो असर पर्छ । यसले प्रतिरक्षा प्रणाली कमजोर बनाउछ । साथै यसले निन्द्रा पनि लाग्दैन् ।



प्रतिक्रिया दिनुहोस्