Logo

धेरै कफीको सेवनले आँखाको ज्योती गुम्न सक्ने



एजेन्सी, ३० जेठ । यदि तपाईले दैनिक ४ कप भन्दा बढी कफी पिउनुहुन्छ भने तुरुन्त आँखा जाँच गराउनुपर्छ । माउंट सिमाईमा आइकाहन स्कुल अफ मेडिसिनले गरेको एक अन्तराष्ट्रिय बहुकेन्द्रको अनुसन्धानबाट अत्यधिक कैफिन सेवन गर्दा जलबिन्दुको जोखिम तीन गुणा बढ्ने पत्ता लागेको छ । जलबिन्दुमा डाईजेनेटिकको सम्पर्कमा गरिएको यो पहिलो अध्ययनबाट यस्तो पत्ता लागेको हो ।

रिपोर्टको अनुसार जसको परिवारमा जलबिन्दुको इतिहास छ, उनीहरुले कैफिनको मात्रा कम गर्नुपर्छ । आईओपी वा इन्ट्रा–अक्टुलर प्रेशर आँखा भित्रको दबाब हो । माउण्ट सिनाई अस्पतालको रिपोर्ट अनुसार अमेरिकामा अन्धापनको प्रमुख कारण जलबिन्दु हो । जलबिन्दुमा कैफिनको सेवनले धेरै प्रभाव पार्छ । आईओपीले आँखा भित्र दबाब दिन्छ ।

अन्य कारक तत्वहहरु भएपनि आईपीओले जलबिन्दुको लागि सबैभन्दा जोखिम बढाउछ । जलबिन्दु भएका बिरामीहरुले सामान्यतया प्रारम्भिक चरणहरु अनुभव गर्न सक्दैनन्, जब आँखाको ज्योती कमजोर हुन्छ तबमात्र थाहा पाउछन् ।



प्रतिक्रिया दिनुहोस्