Logo

महिलालाई बलात्कार गर्ने युवक ललितपुरबाट पक्राउ



ललितपुर, ३० जेठ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझी शनिबार बिहान पक्राउ परेका हुन् ।

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्