Logo

प्रहरीलाई ढुङगा प्रहार गर्ने ३ जना पक्राउ



धनुषा, ३० जेठ । प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३० वर्षीया शुशिला थापा लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

धनुषाधाम नगरपालिका–९ धारापानीमा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र तयारी मदिरा नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीलाई ढुङगा प्रहार गर्नुका साथै मदिरा छ्यापेपश्चात उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ढुङगा प्रहारबाट १ जना प्रहरी कर्मचारी घाइते भएका छन् भने उक्त प्रहरी कार्यालयको गाडीको अगाडिको सिसा समेत फुटेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्