Logo

नेप्सेमा आज इतिहासकै उच्च १९ अर्बको कारोबार



काठमाडौं, ३० जेठ । साताको कारोबारको पहिलो दिन आज नेप्से ३८ अंकले बढ्दा १९ अर्ब ५५ करोड बढीको सर्वाधिक कारोबार भएको छ । यो कारोबार इतिहासकै सर्वाधिक हो । यस अघि जेठ २३ गते आइतबार शेयर बजारमा १७ अर्ब २७ बढीको कारोबार भएको थियो ।

आइतबार (आज) २९ सय ८३ दशमलव ११ बिन्दुमा पुगेर नेप्से परिसुचक ३८.३२ अंकले बढेको हो । नेप्सेको अनुसार आज २ सय २० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता रुपैयाँको शेयर करोबार हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज शेयर बजारमा अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, १० प्रतिशतका दरले कमाएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्