Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ३० जेठ । आज शेयर बजारमा १९ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज केही कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको १० प्रतिशतले शेयरमुल्य बढेको छ । ५० रुपैयाँको दरले प्रतिकित्ता शेयरमुल्य बढेर कम्पनीको आज ५५० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको पनि १० प्रतिशतले शेयरमुल्य बढेको छ । प्रतिकित्ता ३६ रुपैयाँको दरले बढेर ३९६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सिन्धु विकास बैंकको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको आज ३९ रुपैयाँ प्रतिशेयर मुल्य बढेर ४२९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।नेप्सेको अनुसार आज २ सय २० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता रुपैयाँको शेयर करोबार हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज शेयर बजारमा अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्