Logo

नेप्सेमा आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ३० जेठ । आज शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । नेप्सेका अनुसार आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५७७ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ६६ करोड ९० लाख बढी शेयर कारोबार भएको हो ।

त्यस्तै, लुम्बिनी विकास बैंकको आज ५८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ६९६ रुपैयाँ शेयरमुल्य कायम भई ५३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम