Logo

नेप्सेमा इतिहासकै उच्च कारोबार हुँदा यी कम्पनीको शेयरमुल्य घट्यो



काठमाडौं, ३० जेठ । शेयर बजारमा आज इतिहासकै उच्च कारोबार हुँदा केही कम्पनीको भने शेयरमुल्य घटेका छन्। आइतबार सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको लगानीकर्ताले आज ५.६२ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, आज ग्लोबल आइएमी लघुवित्तको १२३ रुपैयाँ अर्थात ४.१३ रुपैयाँको दरले शेयरमुल्य घटेको छ ।

यसैगरी, आज युनाइटेड इदी मार्दी हाइड्रोपावरको शेयर ५.३६ प्रतिशतले शेयरमुल्य घटेको छ । कम्पनीको लगानीकर्ताले प्रतिशेयर १९ रुपैयाँका दरले गुमाएका छन् । त्यस्तै, आज मिर्मिरे लघुवित्तको ५० रुपैयाँले प्रतिशेयरमुल्य घटेर १७ सय २० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कम्पनीका लगानीकर्ताले आज २.८२ प्रतिशतका दरले गुमाएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्