Logo

आज ३९ सय ९४ जना संक्रमणमुक्त



काठमाडौं, ३० जेठ । पछिल्लो २४ घन्टामा आज ३ हजार ९ सय ९४ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नोपलमा ५ लाख ३१ हजार १०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज थप ४६ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको छ ।

आज पिसीआर परिक्षणबाट १६ सय ९४ र   एन्टिजेन परिक्षणबाट ७ सय १३ गरी जम्मा २४ सय ७ जनालाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार आज २ हजार ४ सय ७ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्