Logo

दीपेन्द्रको पहलमा सिनामंगल आइसोलेसनलाई ५ लाखको स्वास्थ्य सामग्री



काठमाडौँ, ३० जेठ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा सिनामंगलस्थित शारदा माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेसनलाई ५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सांसद श्रेष्ठको पहलमा च्वाइस ह्युमेनिटेरियन नेपाल नामको संस्थाले ५ लाख मूल्य बराबरको पिपिई, मास्क , थर्मोगन लगायतका आवश्यक हस्तान्तरण गरिएको हो ।

माट्रिका आइसेन्टरको मुख्य भूमिकामा ६ वटा सामाजिक संस्था मिलेर संयुक्त रूपमा खोलिएको उक्त आइसोलेसन सेन्टरलाई च्वाइसले केएन ९५ मास्क ५ सय थान, सर्जिकल मास्क २५ सय मास्क, पिपिई १ सय थान, थर्मोगन ३ थान प्रदान गरिएको सांसद श्रेष्ठले बताए ।

उनका अनुसार शारदा आइसोलेसन सेन्टरलई गगल्स १० थान, स्यानिटाइजर ५० थान, बेड सिट ३० थान , गमबुट ७६ थान, गोल्बस ३० थान, फेस सिल्ड ३ सय थान, पल्स अक्सिमिटर ५ थान, बिपि कफ २ थान, डिसइन्फेक्ट ५० लिटर, रेक्टिफाइड स्पिरिट ५० लिटर , लिक्विड सोप २५ लिटर, स्यानिटाइजर डिसपेन्सर अटोमेटिक सेन्सर २ थान, वस्ट विन्स ५ थान, गार्बेज ब्याग्स ५ केजी, बुकेट ५ थान लिक्विड ह्यान्ड वास २० लिटर , डिस्पोजेबल पेसर १५ , सर्जिकल क्याप ३ सय थान, गगल्स १ सय थान, सु कभर १ सय थान लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री दिइएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ स्थित सिनामंगलमा ३५ बेडको निशुल्क सञ्चालनमा आएको उक्त आइसोलेसनलाई ९० बेड पुऱ्याउँने लक्ष्य रहेको माट्रीका आई सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । बागमती नदीको किनारमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा कोरोनाको संक्रमितको उपचारको लागि ६ वटा भन्दा बढी सामाजिक संस्था मिलेर उक्त आइसोलेसन सेन्टर खोलेका हुन् । मिर्मिरे युवा समाज, सिनामंगल युथ एलाइन्स, विजय चोक युवा क्लब, श्री पञ्चकुमारी समाज, कृति फाउण्डेसन र नव न्यानो फाउण्डेसन मिलेर संयुक्त रुपमा उक्त आइसोलेसन सञ्चालनमा आएको हो।

समाजसेवी एवं मिरमिरे युवा समाजका अध्यक्ष दिनेश बिक्रम शाहले काठमाडौं महानगरपालिकाको प्रविधिक सहयोग माट्रिका आइसेन्टरको मुख्य भूमिकामा ६ वटा सामाजिक संस्था मिलेर संयुक्त रूपमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको बताए । शाहका अनुसार २४ सैं घण्टा २ डाक्टर २ ३ जना नर्सको निगरानीमा अहिले आइसोलेसनमा १० जना कोभिड(१९ संक्रमितको उपचार भइरहेको छ ।

बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र १८ वटा अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको पनि समाजसेवी उनले जानकारी दिए । सेन्टरमा विरामीलाई दैनिक औषधि , पोषणयुक्त खाना फलफुल योग अभ्यास र स्वास्थ्य उपचार भइरहेकाले ९८६१२३०००९ मार्फत सम्पर्क गरेर सेवा लिन सक्ने शाहले बताए ।

शारदा माध्यामिक विद्यालयमा खोलिएको आइसोलेसनलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन आफूले अन्य सक्दो सहयोग गर्ने बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री दिँदै सांसद श्रेष्ठले विरामीको उपचारमा ती संस्थाहरुले खेलेको भूमिकाको प्रशंशा गर्दै आफू पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले जनताको स्वास्थ्यप्रति सचेत रही कोरोनाको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवादसमेत व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्