Logo

तीन लाख नगद चोरी



काठमाडौँ, ३० जेठ: काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।

५०० कारवाही

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५२८ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको छ । पछिल्लो २४ घण्टामा उनीहरूलाई कारबाही गरी रु ५३ हजार ४०० जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ । आज चार हजार ३१७ जनालाई सचेत गराई छाडिएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ९६८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।-रासस/Symbolic Photo



प्रतिक्रिया दिनुहोस्