Logo

फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन, मुद्दा किनारा नलागेसम्म नबोल्ने



काठमाडौं, ३० जेठ । आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन् । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता भएको छ । बैद्यले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूविरुद्ध मुद्दा दर्ता भैसकेकोले अब मुद्दा किनारा नलागेसम्म मिडियामा नबोल्ने जनाएका हुन् । उनले भने, मविरुद्ध मुद्दा दर्ता भैसकेको छ । म यो मुद्दा किनारा नलागेसम्म बोल्दिन् ।

एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उनले हिजो ९शनिबार० को बैठकमा माफी माग्दै उक्त शब्द फिर्ता लिएको घोषणा गरेका थिए । आज युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्