Logo

बाबुराम भट्टराईको टिप्पणी : ओलीतन्त्रमा राजनीतिक दलहरू पनि समाप्त हुने भए



काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरु पनि समाप्त हुने बताएका छन् । उनले निर्वाचन आयोगलाई निरंकुश शासकको छायाँमुनि टाक्सिएको भन्दै गम्भीर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले निर्वाचन आयोगको भूमिकाप्रति आलोचना गरेका हुन् । उनले आयोगले नेकपापछि आफ्नो पार्टी जसपालाई पनि हात्ती र हात्तीछाप चप्पल उस्तैउत्सै हो भन्ने सिद्धान्त प्रयोग गरेको बताएका छन् । आयोगले जसपालाई नष्ट गर्ने प्रयास गरेको उनको भनाई छ । उनले प्रतिगमनको रथ त्यत्तिकै रोकिने छाँटकाँट नभएको पनि बताएका छन् ।

उनले लेखेका छन्-“ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए।निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ।प्रतिगमनको रथ त्यतिकै रोकिने छाॅटकाॅट छैन है!”



प्रतिक्रिया दिनुहोस्