Logo

देव गुरुङको दाबी : अबको स्टेप सके संकटकाल लागु गरेर सेना पनि परिचालन गर्ने !



काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान धारा ७६ को दफा ५ को ठीक ढंगले उपयोग नगरेको टिप्पणी गरेका छन् । उनले संसद् नै भंग गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूहरुले कानून र विधिसम्मत ढंगले अघि बढ्ने बताउँदै आएकोले राष्ट्रपतिको आदेश बदर गर्नुपर्छ भनेर अदालत गएको पनि स्मरण गराए ।

आज राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अदालतले संविधान र कानूनमा टेकेर निश्पक्ष र स्वतन्त्र फैसला दिनेमा जनता आशावादी रहेको सुनाए । उनले संसद् पूनःस्थापना हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्नको लागि भनेर मिति घोषणा नगरेको पनि पनि दाबी गरे । उनले अहिले प्रणाली सिध्याउनको लागि षड्यन्त्र गरिएको गम्भीर आरोप लगाए ।

प्रधानमन्त्रीले संविधान अवरुद्ध गर्न चाहेको पनि उनको अर्को आरोप छ । उनले भने-“अब उहाँहरुको प्लान अथवा रणनीति हेर्दाखेरि र अबको स्टेप हेर्दाखेरि संसद् भंग गरिदिने, संविधान अवरुद्ध गरिदिने, राष्ट्रपतिबाट अध्यादेशबाट देश चलाउने, अहिले त्यो दिशातर्फ गैरहेको छ । सके संकटकाल लागु गरेर चाहीँ सेना पनि परिचालन गर्ने, नसकेपनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने, र यो दिशातर्फ जाँदैछ ।”



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम