Logo

दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू



काठमाडौं, जेठ ३१ । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् ।रामेछापका दुई नगरपालिका र छ गाउँपालिका गरी आठवटा स्थानीयतहमध्ये केही पालिकाका जनप्रतिनिधिले दोहोरो सुविधाबुझ्दै आएको खुलासा भएको छ ।

यसरी,दोहोरो सुविधालिनेमा गोकुल गंगा गाउँपालिका–२ ठोसेका वडा अध्यक्ष शेखर मान श्रेष्ठ र वडा नम्बर ३ रस्नालुका वडा अध्यक्ष नरबहादुर कार्की रहेका छन् । उनीहरूमध्ये ठोसेका वडा अध्यक्ष श्रेष्ठ पूर्वशिक्षक र वडा नं ३ का वडा अध्यक्ष कार्की पूर्वनेपाली सेनाका अवकास प्राप्त कर्मचारी हुन् ।

लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोटका वडा अध्यक्ष यमबहादुर महतले पनि दोहोरो सुविधालिँदै आएका छन् । उनीपूर्व शिक्षकबाट अवकास प्राप्त कर्मचारी हुन । त्यस्तै,मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारी र वडा नं ११ का वडा अध्यक्ष भीमबहादुर मगरले पनिदोहोरो सुविधाबुझ्दै आएका छन् ।

यी दुई मध्ये अधिकारी पूर्व साविकको गाउँविकास समितिका सचिव पदबाट अवकास प्राप्त हुनुहुन्छ भने मगर पूर्वप्रहरी हवल्दार पदवाट अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै राज्यबाट दोहोरो सुविधालिने अन्य जनप्रतिनिधिमा खाँडादेवी गाउँपालिका–२ मझुवाका वडा अध्यक्ष इन्द्रलाललामा रहेका छन् ।

त्यसैगरी, सोहीगाउँपालिका–४ पकरवासका वडा अध्यक्ष धनबहादुर मानन्धर रहेका छन् । दुईमध्ये लामा पूर्वशिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुन भने मानन्धर पूर्वसशस्त्र प्रहरीबाट अवकास प्राप्त हुन ।यसैगरी, रामेछाप नगरपालिका–६ ओख्रेनीका वडा अध्यक्ष धनबहादुर खड्का वडानम्बर ९ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ रहेका छन्। दुवै जना अवकास प्राप्त पूर्वशिक्षक हुन । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्