Logo

नेप्सेद्वारा खानीखोला हाइड्रोपावरको रोक्का शेयर कारोबार फुकुवा



काठमाडौ., ३१ जेठ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले बित्तीय विवरणहरु पेश नगरेको भन्दै रोक्का गरेको कम्पनीको शेयर कारोबार आजदेखि फुकुवा गरेको हो ।

नेप्सेको अनुसार कम्पनीले जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेकाले समयमै वित्तीय विवरण अपलोड गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot