Logo

बाबुरामको टिप्पणी : प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा!



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिकारी सडकमा र प्रतिक्रान्तिकारीहरु सत्तामा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेशविद्रोहको बलामा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै भएको पनि उल्लेख गरेका छन् ।

उनले भने,‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना:प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा! दलालहरू हिरो;देशभक्तहरू भिलियन! सावधान:अर्को पुस्ता लड्न नपरोस्!’



प्रतिक्रिया दिनुहोस्