Logo

वर्षाले एक हप्तामा घटाइन २ केजी तौल



काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । फिल्म तथा म्युजिक भिडियोमा ब्यस्त हुने कलाकारहरु हाल घरभित्र बस्न बाध्य भएका छन् ।

निषेधाज्ञाको क्रममा नायिका वर्षा सिवाकोटीले भने आफ्नो तौल घटाएकी छिन् । सिवाकोटीले घरभित्रै बसेर व्यायाम गरेर पसिना बगाउदै तौल घटाउन सफल भएकी हुन् ।
आज सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको स्टोरीमा ब्यायाम गरेको तस्वीर सार्वजनिक गर्दै एक हप्तामा २ केजी तौल घटाएको बताएकी छिन् । तस्वीरमा वर्षा स्लिम र आकर्षक देखिएकी छिन् । उनले अझै आफ्नो तौल घटाउने क्रममा रहेको पनि उल्लेख गरेकी छिन् ।

फिल्म फ्लप भएपनि व्यस्त नायिका मध्ये एक हुन् वर्षा । उनका फिल्मले खासै सफलता नपारेपनि उनी भने फिल्ममा व्यस्त हुन्छिन् । उनलाई फिल्मको कमी छैन् ।
वर्षाको लक्का जवान, परदेशी–२, मनसँग मन जस्ता फिल्महरु रिलिजको क्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्