Logo

गोकुल बाँस्कोटाको टिप्पणी : ..प्रधानमन्त्री ओली एक्लो छन्, रहन्छन्



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पाँच पूर्व प्रधानमन्त्री सँधै त एकै ठाउँमा रहेको सुनाएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली एक्लो रहेको र रहने पनि बताएका छन् । उनले पाँच पूर्व प्रधानमन्त्रीको स्वार्थको भारी बोकेर किन सँगै रहनु ?भन्ने पनि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-‘पाँच पुर्वप्रम सधै त एकै ठाउँमा थिए,प्रम ओली एक्लो छन,रहन्छन । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनु?हटाउन नसक्ने निश्चित भएपछिको गनगन।ओली बिशेषता नै यहि हो-आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउछन जान्छन।जसपा डल्लै आफुतिर नउभिएपछिको रुवावासी नत्र लड्डुलालले दीप बाल्थे।’



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम