Logo

आँचल शर्माले निशालाई १ लाख सहयोग गर्ने



काठमाडौं, ३१ जेठ । जिवन र मृत्युसँग जुधिरहेकी मोडेल तथा अभिनेत्री निशा घिमिरेलाई सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ । हाल उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ ।

यसैक्रममा आज नायिका आँचल शर्माले निशालाई १ लाख रपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् । आइतबार निशालाई भेट्न नर्भिक अस्पताल पुगेकी आँचलले उनका पितालाई आउने शनिबार उक्त रकम हस्तान्तरण गर्ने बताएकी हुन् ।

हिजो मात्रै चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि ५१ ह्जार रुपैयाँ सहयोग गरेको छ । निशालाई आइतबार अभिनेत्रीहरु करिश्मा मानन्धर, रेजिना उप्रेती र उषा पौडेलले पनि आर्थिक सहयोग गरेका थिए । नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी र निर्देशक मेघा चौधरीले उनको निशुल्क उपचार गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्