Logo

कछुवा सहित ४ जना पक्राउ



मोरङ, ३१ जेठ । कछुवा सहित ४ जना पक्राउ परेका छन् । करिब ८ केजी तौल भएको कछुवा सहित कछुवा ओसारपसारमा संलग्न ४ जनालाई ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका–१ पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका–१ केचना शुक्रवारे बस्ने २५ वर्षीय दिपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खडका र २० वर्षीय आकाश रायमाझी रहेका छन् ।

सुनवर्षी नगरपालिका–८ स्थित सडकमा मे.१० प ५६२ नम्बरको मोटरसाइकलमा सवार जिवन र मेघराजले कछुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेपछि उक्त कार्यमा सहयोग गर्ने को.२३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार निरज र आकाशलाई समेत पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय आमतोला रंगेली मोरङमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्