Logo

सरकारले लुजडाउन गरेपनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नछोडौं : जनस्वास्थ्यविद् डा. पाण्डे



जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बन्दाबन्दीको कारणले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई सहज भएकोले अहिले कोरोना संक्रमण घट्दो क्रममा रहेको बताएका छन् । यद्धपी उनले संक्रमण दर कम भएपनि अझै सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले शहरमा संक्रमणको दर घटेपनि गाउँमा अलिकति बढेको भन्दै ती क्षेत्रमा परीक्षण दर पनि बढाउनुपर्ने बताएका छन् । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

कोरोनाको कहर घट्न थाल्यो, अब निषेधाज्ञा आवश्यक छ कि छैन ? बुँदागत रुपमा बताउनुहोस् !

अहिले यो बन्दाबन्दीको कारणले जनस्वास्थ्यको मापडण्ड पालना गर्न सबै जनालाई सहज भयो, त्यसैले संक्रमण घट्दो क्रममा छ । यद्धपी परीक्षणमा केही कमि भएता पनि हामीले अनुपात पहिले देशभरिमा ५० प्रतिशत भन्दा बढि पोजेटिभ देखिन्थ्यो भने अहिले २५ प्रतिशतको हाराहारीमा छ । त्यस्तै मुत्युदर पनि घटेको छ । र, अस्पतालमा पनि कम भएको छ । अहिले के एनालाईसिस गर्न सकिन्छ भने अहिले नेपालमा मृत्युदर घटेको छ । एउटा चाहीँ अप्ठ्यारो के छ भने सहरतिर घटेको छ भने गाउँतिर अलिकति बढेको छ । गााउँतिर जुन–जुन एरियामा बढेको छ जुन जुन गाउँमा शंका लागेको छ । रि एन्टिजेन टेस्ट चाहीँ अभियानकै रुपमा गर्ने हो भने कुन ठाँउँमा बढी छ कुन ठाँउमा कम छ, त्यो कुरा पत्ता लगाउन सकिन्थ्यो । यसरी चाहीँ हामीहरुले परीक्षणको दर अझै बढाउने र संक्रमितलाई आईसोलेट गर्ने गर्यौं भने यसमा केही राम्रो हुन्छ । हामीले एउटा खतरामुक्त अवस्थामा चै हामीले ल्याउन सक्छौँ ।

होईन, लकडाउन खोल्ने कि नखोल्ने ? संक्रमण घटेपछि लकडाउन खोल्नुपर्छ भन्ने आवाज पनि छ नि ?

जहाँसम्म लकडाउनको कुरा गर्नुभयो लकडाउन गर्ने भनेको जनस्वास्थ्यका मापदण्ड पालना गर्नको लागि गर्ने हो । र यही पनि हरेक नागरिकले सचेत भएर हामी सबैले मास्क लगाउने, भौतिक दुरि कायम गर्ने, भिडभाड नगर्ने गर्नुपर्छ । एकदमै बाध्यात्मक पारामा गएर आफ्नो काम गर्ने हो भने संक्रमण बढ्ने डर हुँदैन । तर पनि गत साल जस्तै लकडाउन खोल्नेबित्तिकै भिडभाड ठाउँ ठाँउमा बढेको थियो । त्यो चाहीँ हुनुहुँदैन त्यसकोलागि पक्कै पनि सरकारले गाईडलाईन दिनुपर्ने हुन्छ । चरणबद्ध रुपमा त्यो खोल्दै जानुपर्ने हुन्छ । लकडाउन त लामो समय गर्न पनि त्यत्ति उपयुक्त हँुदैन किनभने यो जनताको प्रत्यक्ष रोजीरोटीसंग जोडिएको विषय हो । र धेरै जना ननकोभिडका विरामीहरु पनि अस्पताल गएर सेवा लिन पाउनुभएको छैन । र, अन्य समस्याहरु पनि देखिरहेको अवस्था छ । त्यसैले यो पुरै लकडाउन चाहीँ गर्नहँुदैन । अब–अब भनेको जुन–जुन एरिया धेरै प्रभावित छन, त्यही त्यहीँ एरियामा निषेधाज्ञा लागु गर्ने । तर, आम रुपमा लकडाउन खोल्नुपर्छ ।

त्यसोभए निषेधाज्ञा खोल्नुपर्छ र जनतालाई काम गर्न दिनु पर्छ भन्ने तपाईँको भनाई हो ?

लकडाउन टोटल्ली यसलाई अन्त्य गर्नुपर्छ भन्ने होईन । अघि मैले भनें जुन–जुन ठाउँमा संक्रमण बडि देखिएको छ । त्यस्तो ठाउँमा बैकल्किक उपाय केही गर्न सकिन्छ । तर, एक ठाउँमा संक्रमण बढेको छ भने किन बन्न गर्न आवश्यक छैन । तपाँईले भनेजस्तै आम जनतामा आर्थिक रुपमा मानसिक रुपमा धेरै समस्याहरु देखा परिसकेको छ । एक किसिमको ठप्पको अवस्था छ । यो अवस्थामा हामीहरुले लकडाउनलाई निरन्तरता दिनुभन्दा जनस्वास्थ्यको मापदण्डको लागि एकदमै कडाई गर्ने, हरेक टोल, गल्ली, चोक र बस्तीमा सुरक्षा निकाय व्यापक परिचालित गर्ने । जनचेतनामुलक क्रार्यक्रमहरु सन्चालन गर्ने गर्नुपर्छ । हामी आम जनताल्े बुझर्नु पर्ने कुरा पहिलो लहर हुँदा पहिलो लहर धेरै संक्रामण र बाधक छ । यो पटकको लहर धेरै उच्च विन्दुमा पुग्दाखेरि हामी एक किसिमले भन्ने हो भने गम्भीर अवस्थामा पुगेका छौँ । हामीकहाँ अक्सिजन सकिएको थियो । बेड भरिएका थिए । सर्वप्रथम चौरमा बसेर उपचार र उद्धार गर्नु परेको थियो । हामी त्यस्तो किसिमको अवस्थाबाट गुज्रियौं । त्यस्तो हुँदाहँुदै पनि धेरै हामीले युवाहरु गुमायौँ । त्यसैले गर्दापनि यो कोभिडको दोस्रो लहर पनि खतरानाक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । सरकारले भोलि खोल्ला अथवा लुजडाउन गर्ला त्यो गर्ने बेलामा हामीले आफु बचाउने र आफ्ना परिवारलाई वचाउने जुन हाम्रो दायित्व हो त्यो दायित्वालाई हामीले पुरा गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot