Logo

नेप्से परिसुचक ३ हजार विन्दुमा पुग्दा चार कम्पनीको कारोबारमा सर्किट



काठमाडौं, ३१ जेठ । साताको कारोबारको दोस्रो दिन आज ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। चार कम्पनीहरु नेपाल इन्स्योरेन्स, खानी खोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रोपवारको शेयर १० प्रतिशतले बढेको हो ।

आज नेपाल इन्स्योरेन्स लिमिटेडको १० प्रतिशतले शेयरमुल्य बढेको हो । कम्पनीको शेयरमुल्यमा १०४ रुपैयाँले बढेर ११ सय ४४ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, खानी खोला हाईड्रोपावरको प्रतिकित्ता शेयरमुल्य १० प्रतिशत अर्थात २५ रुपैयाँले बढेको छ ।

यसैगरी, जोशी हाईड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढेर ३४१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । घलेम्दी हाईड्रोपवारको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र पावरको शेयर ९ दशमदव ९८ प्रतिशतले बढेको छ । त्यस्तै, ओरियन्टल होटल, सिईडिबि हाईड्रोपावर, तारागाँउ रेजेन्सी, यूनियन हाईड्रोपावर र हाईड्रोइलेक्टिीसिटि एण्ड इन्भेटमेन्टको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्