Logo

आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगियो



काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । पछिल्लो समय विमान सञ्चालकहरुले तत्काल उडान सुचारु गर्न सरकारसमक्ष आग्रह गरिरहेका छन् ।

नवनियुक्त पर्यटनमन्त्री अरगरियाले पनि स्वास्थ्य–सुरक्षाका सम्पूर्ण प्रोटोकल फलो गरेर आन्तरिक उडान सुचारु गर्न सकिने भन्दै सोहीअनुसार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको बुझिएको छ ।

सरकारले आगामी असार ७ गतेसम्म निषेधाज्ञा कायम राखेको छ । भोलिबाट एक साताको लागि थपिएको निषेधाज्ञा अलिक खुकुलो बनाईएको छ । पछिल्लो समय कोरोना संक्रमण दर पनि घटेको भन्दै अब आन्तरिक उडान सुचारु गर्नुपर्ने आग्रह आएकोले मन्त्री अरगरिया यसमा सहमत भएका हुन् ।

लामो समयदेखि उडान सेवा स्थगित् गरिएकोले विमान सञ्चालकहरुपनि मारमा परेका छन् । उता, यातायात व्यवसायीहरुले पनि हवाई उडान सुचारु गरिए आफूहरुले पनि यातायात सञ्चालन गर्ने बताउँदै आएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्