Logo

सिन्धुपाल्चोकमा पुनः एकसाता निषेधाज्ञा थपियो



चौतारा, ३१ जेठ: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्त सम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गरी आगामी असार ७ गते राति १२ वजेसम्म कायम गरेको छ ।

कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए ।
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गते देखि निषेधाज्ञा लगाईदै आएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य मापदण्ड अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ ।

जिल्लामा आजसम्म कुल सङ्क्रमितको संख्या तीनहजार पाँचसय ९०, सक्रिय सङ्क्रमित एकहजार पाँचसय ६०, निको हुनेको संख्या दुईहजार ४६ र मृतकको संख्या २८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्