Logo

कांग्रेस युवा नेताद्धारा स्वास्थ्य सामाग्री वितरण



काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका युवा नेता गोर्खामान लामा र सानु लामाले महामारीको बेला घर-घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । काभ्रे रोशी गाउँपालिका वार्ड-१ मा युवा नेताहरुले स्वास्थ सामाग्री, औषधी र  सेनिटाइजर बितरण गरेका हुन्।

नेपाली कांग्रेसका नेता भगवान अधिकारी उपस्थितिमा युवा नेताहरुले स्थानीयबासीहरुलाई कोभिड सामाग्री बितरण गरेका हुन् । उनीहरुले २० हजार सर्जिकल माक्स,१०० लि सेनिटाईजरको साथमा भिटामिन सी,सिटामोल,फ्लेजन,जीवन जल लगायत बितरण गरेका छन् ।  साथै, उनीहरुले आवश्यकता अनुसार बिपन्न परिवारलाई खाद्यान्न घरमै पुर्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस्