Logo

नयाँ शैक्षिक सत्र सुरु



काठमाडौं, १ असार । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण शैक्षिक सत्र दुई महिना ढिलो गरी सुरु भएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी भर्ना पनि सुरु भएको छ । तर, काठमाडौं उपत्यकलगायत केही प्रमुख शहरहरुमा निषेधाज्ञा जारी भएकाले भर्नामा समस्या छ ।

देशभरका विद्यालय बन्द गरिएका छन् । तर, भर्चुअल कक्षा हुँदै आएको छ । नयाँ शैक्षिक सत्र सुरु भएपनि विद्यालय भर्ना गर्न जान अभिभावकलाई कठिनाई भएको छ ।



प्रतिक्रिया दिनुहोस्