Logo

एसइईको नतिजा आउन अझै एक महिना लाग्ने, यस्तो छ तयारी



काठमाडौं, असार १ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र ल्याउने तयारी गरेको छ । विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गरिरहेको बोर्डले यो बर्षको नतिजा आन्तरिक मूल्यांकनको आधारमै तयार गर्दैछ । गत बर्षसमेत बोर्डले आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो । त्यस्तै, भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठनसमेत शुरु गर्ने तयारी भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्