जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति


काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले जेठ ३० गते १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

फागुन १७ गते आईपीओ निष्काशन गर्न कम्पनीले बोर्डमा निवेदन दिएको थियो । कम्पनीले १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख कित्ता अर्थात ६७.५० प्रतिशत आईपीओ बिक्रि गर्न लागेको जनाएको छ ।

हाल ४१ करोड ६ लाख ७० हजार चुक्तापुँजी रहेको कम्पनीको चालु आर्थिक वर्षको तैमासिक विवरण अनुसार ६५ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ ।