Logo

बुद्धनगरमा शुशिल कोइराला आइसोलेसन सेन्टर सञ्चालनमा, निःशुल्क सेवा



काठमाडौं, १ असार । काठमाडौं क्षेत्र नम्बर १ (क) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा बुद्धनगरमा शुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित बुद्धनगरस्थित मेरो हस्पिटललाई सांसद दीपेन्द्र श्रेष्ठको पहलमा सुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टरमा रुपान्तरण गरिएको हो । उक्त आइसोलेसन सेन्टरमा कोभिड–१९ का बिरामीले निस्शुल्क स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।

प्रस्तावित शुशिल कोइराला मेमोरियल सामुदायिक अस्पताललाई तत्काल कोरोना भाइरसका संक्रमितहरुको उपचार गर्न १५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको सांसद श्रेष्ठले बताए । उनका अनुसार काठमाडौं महानगरपालिकाको १० वडा, ११ वडा २९ र ३१ नम्बर वडाका कोरोना संक्रमित बिरामीहरूलाई सेवा दिने हेतुले त्यस स्थानमा आइसोलेसन सेन्टर खोलिएको हो । उक्त सुशिल कोइराला आइसोलेसनमा निःशुल्क सेवा लिएर स्वास्थ्य लाभ गर्न बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले आग्रह गरेका छन् ।

आइसोलेसन सेन्टरमा आएर सेवा लिन नसक्ने अशक्त र घरैमा बसेर उपचार गर्न चाहने कोरोना संक्रमितहरूलाई घरमै नर्सिङ्ग सेवा एवं डाक्टरी सेवा समेत उपलब्ध गराईने सांसद श्रेष्ठले जानकारी दिए । उक्त आइसोलेसनमा भर्ना भएका संक्रमित बिरामीलाई अक्सिजन उपलव्ध गराई चौबीसै घण्टा नर्सिङ सेवा उपलव्ध गराइने उनले बताए ।

नेपालका सादगी नेता संविधानदाता आदर्शतम् व्यक्तित्व स्वर्गीय नेता पूर्व प्रधानमन्त्री शुशील कोईरालाज्यूलाई स्मरण गर्दै उहाँको नाममा आइसोलेसन वार्ड खोलिएको होु, संसद श्रेष्ठले भने, यो अस्पतालको नामाकरण शुशील कोईराला मेमोरियल अस्पताल बनाउने लक्ष्य रहेको जानकारीसमेत अस्पतालका कार्यकारी निर्देशक डा। रुपनारायण शाहले गराएका छन् ।
उक्त आइसोलेसन सेन्टर थप व्यवस्थित बनाउन ११ नम्बरका वडाध्यक्ष हीरालाल तण्डुकार (काका) , वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी दुबै वडाका वडा सदस्यहरु, समाजसेवी, बुद्धिजीवी, व्यापारी लगायत त्यस क्षेत्रकाका नागरिकहरूकोसमेत महत्वपूर्ण भूमिका रहेको छ ।

सांसद श्रेष्ठले आफ्नो क्षेत्रमा समस्यामा परेका कोरोना संक्रमितलाई आइसोलेसन सेन्टरमा पठाउँमा सबैमा अनुरोध गरेका छन् । आइसोलेसनमा समयतालिका मिलाएर मासुसहितको प्रोटिनयुक्त खाना, औषधि उपचारलगायतका सबै सुविधा उपलब्ध गराएको छ। हस्पिटलको जस्तै सेवा सुविधा छ, चौबीसैं घण्टा नर्स डाक्टरसहितको सेवा छ, मासुसहितको तागतिलो खाना दिनको ३ र ४ पटक दिँने तयारी छ , अक्सिजनसमेत उपलब्ध छ सांसद श्रेष्ठले भने, जनताको सेवाका लागि खोलिएको हस्पिटल जस्तै आइसोलेसनमा उहाँहरुलाई स्वागत गरेर सीध्र स्वास्थ्य लाभ गराउन हामी निरन्तर सेवामा छौँ । हाम्रा क्षेत्रमा बसोबास गर्ने आदरणीय व्यक्तित्वहरु हाम्रो सेवा लिन आउनु होस् भन्ने हाम्रो कामना र चाहना हो । अशक्त बिरामीलाई डाक्टरहरू घरमै पठाएर उपचार गरिने प्रबन्ध मिलाईएको पनि उनले जानकारी दिए । उनले बुद्धनगर प्रहरी प्रभाग अगाडि सञ्चालन भई रहेको यस हस्पिटलमा निस्शुल्क आइसोलेसनमा सेवा लिनका लागि निम्न व्यक्ति र मोवाइल नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

डा.रुपनारायण शाह- 9801819108
डा.अमित यादव-9801819114
डा. पाण्डवराज बराल-9801819110



प्रतिक्रिया दिनुहोस्