Logo

ईन्द्र बानियाँको प्रश्न : कुन कानून र संविधानको आधारमा नरोत्तम बैद्यलाई पक्राउ गर्ने ? (भिडिओसहित)



काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्र बानियाँले सबै नेपाली जनतालाई सरकारले खोपको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको पहिलो लहर सुरु हुनेबित्तिकै तीन महिनाभित्र सबै नेपाली जनतालाई खोपको व्यवस्था गर्छु भनेर बोलेको भएपनि आज वर्षौ बित्दापनि त्यो पूरा नगरेको बानियाँले गुनासो पोखे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीका प्रदेसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्तिकै कारण उनलाई पक्राउ गर्न खोजिनु गलत भएको पनि बानियाँको टिप्पणी छ ।

उनले सांसद बैद्यले हत्या गर्ने मनशायले नबोलेको पनि जिकिर गरे । प्रदेश सभा बैठकमा बैद्यले बोलेपछि पार्टीले नै निर्देशन दिएको र भोलिपल्टै बैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिईसकेको अवस्थामा यसलाई इस्यु बनाईनु गलत हुने उनको भनाई छ । लोकतन्त्रलाई मार्न खोज्ने, कमजोर पार्न खोज्ने र प्रहार गर्न खोज्ने काम प्रधानमन्त्री ओलीबाट गतिविधि भैरहेको पनि उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्