Logo

चन्द्र भण्डारीको खुलासा : मुलुक निर्वाचनमा जानसक्ने सम्भावना छ (भिडिओसहित)



काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले मुलुक निर्वाचनमा जानसक्ने सम्भावना रहेको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मुलुक निर्वाचनमा जानसक्ने पनि सम्भावना छ । अर्को, संसद् पूनःस्थापना पनि हुनसक्ने पनि सम्भावना छ । तर, अहिले कोरोना महामारीको बेलामा चुनावमा जान कुरा त कति सान्दर्भिक छ ? यो त मूल्यांकन गर्ने कुरा हो ।’ उनले हरेक समस्याको समाधान त निर्वाचनबाट नै हल हुने टिप्पणी गरे ।

उनले अहिलेको व्यवहारिक पक्षलाई हेरेर कुरा गर्नुपर्ने पनि जिकिर गरे । उनले कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकोले निर्वाचनमा जान डराउन नहुने तर्क गरे । तर, अहिले जनताले निर्वाचन नभएर औषधी खोजेको पनि उनको भनाई छ । उनले भने,‘हामी सबैको प्राथमिकता अहिले राजनीति होईन, जनतालाई राहत दिनुपर्छ । उपचारको व्यवस्था गर्नुपर्छ । अहिलेको प्राथमिकता भनेको कोरोनाबाट मुक्त नै हो ।’ उनले जनतालाई खोप र औषधीको व्यवस्था गर्नुपर्ने पनि माग गरे ।

पूर्व पाँच जना प्रधानमन्त्रीहरुको वक्तव्यबारे टिप्पणी गर्दै भण्डारीले भने–नेपालको विकाससम्बन्धी सबैभन्दा ठूलो र महत्वपूर्ण जलस्रोत नै हो । तर, अहिले पनि हामीले सत्तासँग साट्दा साट्दा अहिलेपनि लोडसेडिङबाट मुक्त हुनसक्ने अवस्था छैन् । भारतबाट विजुली ल्याउनुपरेको छ । दोस्रो कुरा, नागरिकता नपाएको समस्या छ, त्यो समस्यालाई समाधान गर्नुपर्ने अवस्था छ । त्यो विल पार्लियामेन्टमा थियो । हामीले नागरिकताको कुरा गर्दा भारतसँग मात्रै जोडेर हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्