Logo

अनुसन्धानले देखायो अत्याधिक आनन्द र सर्वाधिक खुशीको श्रोत नै परिवार



एजेन्सी, १ असार । मानिसको खुशीको सबैभन्दा ठुलो श्रोत परिवार हो । यदि तपाई परिवारसँगै बसेर, हाँसेर खाना खानुहुन्छ भने सबैभन्दा आनन्द र खुशी महसुस गर्न सक्नुहुन्छ । अष्ट्रेलियामा गरेको एक सर्वेक्षणले यस्तो पत्ता लगाएको हो ।

अष्ट्रेलियास्थित बुपा केयर होम्स कम्पनीले करीब २ हजार व्यक्तिहरुमा यो सर्वे गरेको थियो । यो कम्पनीले युके, स्पेन र न्युजील्याण्डमा पनि काम गर्छ । सर्वेमा ८० प्रतिशत मानिसहरुले आफ्नो परिवारका मानिस र साथीहरुसँग राम्रो सम्बन्ध हुनु नै खुशी हुने मुल कारण भएको बताए ।

सर्वेमा १० जना मध्ये ६ जनाले आफ्नो परिवारको सदस्यसँग समय बिताउन निकै संघर्ष गर्न परेको बताए भने एक चौथाई व्यक्तिले आफ्नो परिवारसँग ६ महिनामा एक पटक मात्र समय बिताउने मौका पाउने उल्लेख गरे ।

सर्वेको क्रममा केहीले परिवार, साथीहरु र समुदायका सदस्यहरुको संगतले पनि खुशी हुनमा ठुलो भुमिका खेल्ने जिकिर गरे । सर्वे कम्पनीको निर्देशक जान एलियटले मानिसहरुलाई सबैभन्दा खुशी पार्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्