Logo

महामन्त्री तिमल्सिनाको नेतृत्वमा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौ, १ असार । नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिनाको नेतृत्वमा संचालित “Covid-19 महामारी विरुद्धको हाम्रो अभियान“ अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।  अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्य संस्था र विभिन्न वडा स्थित स्वास्थ्य कार्यालय र वडा कार्यालयमा अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका लागि नेपाल मेडिकल एसोसिएसन (NMA ) बाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर (oxygen Concentrator) तथा नेबि संघका महामन्त्री तिमल्सिनाको नेतृत्वमा विभिन्न संघ संस्था तथा सहयोगी बाट प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाइएको छ ।

 

साथै बाह्रबिसे नगर पालिकाका ९ वटै वडा र बलेफी गाउँ पालिकाका ८ वटै वडा कार्यालय तथा स्वास्थ्य चौकीका निम्ति स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्ला अस्पताल चौतारालाई २ थान अक्सिजन कन्सन्ट्रेटर संगै पिपिइ सेट, सर्जिकल मास्क, ल्ढछ मास्क, फेससिल्ड, ग्लोभ्स, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाईं मार्फत हस्तान्तरण गरेको तिमल्सिनाले बताएका छन् ।

जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रको निम्ति १ थान अक्सिजन कन्सन्ट्रेटर संगै पिपिइ सेट, सर्जिकल मास्क, N95 मास्क, फेससिल्ड, ग्लोभ्स, स्यानिटाइजर, लगायत सामग्री केन्द्रका मेडिकल अधिकृत डा.प्रशान्त ज्ञवाली मार्फत नेपाली काँग्रेस सिन्धुपाल्चोकका पुर्ब सभापति भुपेन्द्र बहादुर थापा, नेपाल महिला संघ सिन्धुपाल्चोकका सभापति गिता नेपाल, नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसी दंगाल, नेपाली काँग्रेस त्रिपूरासुन्दरी गाउँपालिका सभापति देबि राज श्रेष्ठ, पुर्ब क्षेत्रीय सचिब तथा नेपाल विद्यार्थी संघका नेता कैलास थापा, नेता राम चन्द्र बोहरा, नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका उपसभापति नवीन श्रेष्ठ तथा संघका केन्द्रिय नेताहरु हरि आचार्य, सरोज मरासिनी, समीर लामा लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

तिमल्सिनाको अनुसार बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाका सबै वडा र स्वास्थ्य कार्यालयका निम्ति प्रत्येक वडामा सर्जिकल मास्क, ल्ढछ मास्क, पिपिइ सेट, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री वडा अध्यक्ष, स्वास्थ्य कार्यलयका प्रमुख तथा प्रतिनिधि, पार्टीका नेता तथा प्रतिनिधि, सामाजिक अगुवा मार्फत बितरण गरिएको हो ।

अभियान अन्तर्गत अक्सिजन कन्सनट्रेटर ३ थान, सर्जिकल मास्क ३०,००० पिस, ल् ढछ मास्क १५०० पिस, पिपिइ सेट ५०० पिस, स्यानिटाइजर १५० लिटर, फेस सिल्ड ३०० पिस, ग्लोभ्स १० बक्स लगायत सामग्री हिजो बितरण गरिएको हो भने यो अभियान अन्तरर्गत केहिदिन अघि त्रिपुरासुन्दरी गाउँ पालिकाकाको ६ वटै वडामा अबस्थित स्वास्थ्य चौकी, आइसोलेसन सेन्टर र वडा कार्यालयका निम्ति सर्जिकल मास्क–१०,००० पिस,N-95 १००० पिस, Antigen kit covid-19 ५० पिस, PPE SET ११० पिस,अक्सिमिटर ७ पिस, स्यानिटाइजर (५०० ML १० बोतल र १००ML १०० बोतल), कपडाको मास्क ४०० पिस, डिजिटल थर्मामिटर ५ पिस,सिटामोल ५ बक्स,जिबन जल १०० पाकेट, ग्लोब्स १० बक्स,औषधिहरुः२ बाक्सा,खाद्यान्न सामग्री,भरिएको ५० लिटरको अक्सिजन सिलिन्डर–१ थान लगायतका सामाग्री बितरण गरिसकेको नेबिसंघका नेता समीर लामाले बताए ।

अभियानमा सहभागी नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गिता नेपालले यो अभियान निरन्तर जारी रहने र अत्यावश्यक स्वास्थ्य सामग्री संगै अफ्ठ्यारोमा परेका समुदाय बिच खाद्यान्नको समेत जोहो आबश्यक देखिएकोले अबको तैयार त्यसतर्फ केन्द्रित रहने बताइन् ।

जिल्लाबासिहरु समस्यामा परेको अबस्थामा आबश्यक उपलब्ध सहयोग सहितको टोली त्यसतर्फ परिचालित हुने नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका सभापती देबिराज श्रेष्ठले बताए ।
अभियानलाई सफल बनाउन मेहनत गर्नुहुने सम्पुर्ण अभियन्ताहरु,महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने नेपाल मेडिकल एसोसियसन लगायत विभिन्न संघ संस्था तथा सहयोगीहरु र सहभागी नेतृत्वगण लगायत सबै प्रति तिमल्सिनाले धन्यबाद दिएका थिए। कोरोना संक्रमणबाट परिवार नै संक्रमित भएपछि संक्रमण मुक्त पश्चात् तिमल्सिना जिल्लामा सामाजिक कार्यमा कृयाशिल छन ।



प्रतिक्रिया दिनुहोस्