Logo

नारायणकाजीको आरोप : निर्वाचन आयोग सरकारको कठपुतली भयो



काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको गम्भीर आरोप लगाएका छन् । उनले आयोगले लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’



प्रतिक्रिया दिनुहोस्