Logo

आज ०.१२ प्रतिशतले नेप्से घट्दा यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, १ असार । मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज १६ अर्ब ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । आज नेप्से ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा थामिएको हो । आज सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५५० दशमलव २६ विन्दुमा पुगेको छ ।

आज केही कम्पनीको शेयर कारोबार सर्वाधिक भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड १२ लाख बढीको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता प्रतिशेयर मुल्य १९ सय ३० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज हाइड्रोइलेक्ट्रिसीटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको प्रतिकित्ता शेयरमुल्य ४३७ रुपैयाँ कायम भई ५२ करोड २४ लाख बढीको कारोबार भएको छ ।

यसैगरी, हिमालयन डिस्टीलरी लिमिटेडको ४२ करोड भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ५७ सय ३६ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्