Logo

गृहमन्त्री अधिकारीलाई गगन थापाको ध्यानाकार्षण–विपद न्यूनीकरणको लागि तयारी गरौं



काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्राकृति विपदबाट हुने क्षति न्यून गर्न सकिने भन्दै यस मनसुनमा बाढि÷पहिरोको उच्च जोखिम रहेकोले पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्रीको ध्यानाकार्षण गराएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत गृहमन्त्री खगराज अधिकारीको ध्यानाकार्षण गराउँदै यस्तो लेखेका छन्–पूर्वतयारी नगर्दा कोरोना महामारीले ठुलो क्षति गरिरहेको छ।विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ।यस मनसुनमा वाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन।अत क्षति न्यूनगर्न पूर्व सावधानी,खोज,उद्धार र सुरक्षाकालागि अविलम्ब तयारी गर्न @khagarajAdhika7 को ध्यानाकर्षण गराउछु”



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम