Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए धेरै



काठमाडौं, १ असार । शेयर बजारमा आज २२६ कम्पनीको १ लाख ६४ हजार ७९० पटक कारोबार भएर १६ अर्ब ५२ लाख रुपैयाँ बराबरको ३ करोड भन्दा बढीको शेयर खरिद विक्रि भएको छ । नेप्सेको अनुसार केही कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।

सबैभन्दा बढी आज सिइडिबी हाइड्रोपावर कम्पनीको शेयरमुल्य बढेको हो । कम्पनीको लगानीकर्ताले आज ९.८८ प्रतिशतको दरले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर लिमिटेडको आज प्रतिकित्ता शेयरमुल्य २७ रुपैयाँले बढेर ३०२ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ। कम्पनीको लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।

यसैगरी, युनियन हाइड्रोपावरका लगानीकर्ताले आज ९.७८ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको ३६ रुपैयाँले शेयरमुल्य बढेर ४०४ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्